गाउँपालिकामा अध्यक्ष जित्न कांग्रेससँग माओवादीको गठबन्धन, कार्यपालिकामा कांग्रेस हराउन एमालेसँग गठबन्धन
काठमाडौं । कांग्रेससँग गठबन्धन गरेर गाउँपालिकामा चुनाव जितेको माओवादीले कार्यापालिकामा भने एमालेसँग मिलेर कांग्रेसलाई हराएको छ ।
सुर्खेतको चौकुने गाउँपालिकामा माओवादीले यसरी दोहोरो चरित्र देखाएको हो । माओवादीले कांग्रेससँग तालमेल गरेर गाउँपालिकामा अध्यक्षमा खड्क विक विजयी भएका थिए । उपाध्यक्ष कांग्रेसले जितेको थियो ।
तर कार्यपालिकाको सदस्यमा निर्वाचित हुन माओवादी कांग्रेसविरुद्ध उभिदैं एमालेसँग मिल्न पुगेको हो । ६ सदस्य लागि माओवादी एमालेसँग मिल्न पुगेको हो ६ जनामध्ये माओवादीबाट ४ र एमालेबाट २ जना सदस्य निर्वाचित भए ।
१० वडामध्ये कांग्रेस र एमालेले ४\४ र माओवादीले २ वडाध्यक्ष जितेका थिए ।
महिला सदस्यमा माओवादीबाट पदमा देवी विश्वकर्मा, अम्बिका विक र हजुरा कुमारी बिष्ट उम्मेदवार थिए । दलित वा अल्पसंख्यकतर्फको सदस्यमा उज्जीरे ढोली उम्मेदवार बनेका थिए ।
एमालेतिरबाट तालमेलमा महिला सदस्यतर्फ कमलादेवी विक र दलित वा अल्पसंख्यक सदस्यतर्फ शंकरबहादुर कामी उम्मेदवार थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया