एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन

काठमाडौं । एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड निष्कासन भएको छ । फन्डले १० करोड इकाई निष्कासन खुला गरेको हो ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ १० करोड इकाई निष्कासन गर्न लागेको जनाइएको छ । जसमा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
फन्डमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा असार २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । फन्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया