कोरियामा मौसमी कामदार नपठाउन पालिकालाई पत्र
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियामा ६ महिने मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई पत्रिपत्र गरेको छ ।
दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैरकानूनी ढंगले आफूखुसी मौसमी कामदार पठाउन थालेपछि त्यसलाई रोक्न संघीय मामिलाले पत्रिपत्र गरेको हो ।
कोरियाली र नेपाली एजेन्टको सक्रियतामा भगिनी सम्बन्ध जोडेर केही पालिकाले मौसमी कामदार पठाइरहेका छन् । संघीय मामिला मन्त्रालयका एक अधिकारीले भगिनी सम्बन्ध कायम भएकाहरू विकासका साझेदार बन्न मात्रै पाउने बताए ।
‘त्यही कारण भगिनी सम्बन्ध कायम गरेका वा गर्ने तयारीमा रहेका पालिकालाई कामदार पठाउन मिल्दैन भनेर परिपत्र गरिएको हो,’ उनले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो समयावधिका लागि वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति कसैलाई नदिइएको जानकारी संघीय मामिला मन्त्रालयलाई दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया