बारामा करेन्ट लागेर महिलाको मृत्यु
बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले बताएको छ । मृत्यु हुने महिला ३५ वर्षीया प्रभादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया