खुमलटार पुगेर बालेनले भेटे प्रचण्ड
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (वालेन) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री र राजनीतिक दलको नेतृत्वसँग भेटघाट गरिरहेका वालेनले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
यसअघि पनि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग यसैगरी भेटवार्ता गरेका थिए ।
शनिबार बिहान खुमलटारस्थित निवासमा आएर बालेनले आफ्नो पार्टीका अध्यक्षलाई भेटेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् ।
भेटमा प्रचण्डले वालेनलाई काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोमा बधाई दिएका थिए । जनता नै सर्वोपरी भएकाले उनीहरूको हितमा काम गर्न प्रचण्डले सुझाव दिएको उनको सचिवालयले जनाएको छ ।
वालेनले राष्ट्रिय राजनीतिमा प्रचण्ड निर्णायक रहेको उल्लेख गर्दै गठबन्धनको तर्फबाट आफूले सहयोगको अपेक्षा राखेको बताएका थिए । जवाफमा प्रचण्डले साथ सहयोग रहने प्रष्ट पारेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया