गल्छी–त्रिशूली सडक खण्डमा प्रदर्शन, आवागमन ठप्प

काठमाडौं । स्थानीयले गल्छी–त्रिशूली सडक खण्ड अवरुद्ध गरेका छन् । निर्माण पूरा भएको पुल सञ्चालन र सडक पिचको माग राख्दै स्थानीयले अहिले बिहानबाट प्रदर्शन गरेका हुन् ।
स्थानीयले गल्छी गाउँपालिकाअन्तर्गतको सडक अवरुद्ध गर्दा बिहानैदेखि दुवैतर्फका सवारी आवागमन प्रभावित भएको छ ।
अत्यावश्यकीय सवारी साधनमा भने स्थानीयले समस्या झेलेका छन् ।
नुवाकोट र रसुवाको मुख्य सडक मार्ग अवरोध भएपछि स्थानीयले हैरानी पाएका छन् ।
गल्छी गाउँपालिकाको महेशखोलामाथि ८ महिनाअघि नै पुल निर्माण भइसके पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । त्यस्तै त्यस वरपरको सडक पिच गर्नसमेत ढिलाइ भइरहेको छ ।
ताजा अपडेट
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
-
जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या
प्रतिक्रिया