सप्तरी जिल्ला वारमा नयाँ नेतृत्व
सप्तरी । सप्तरी वार एकाईको अध्यक्षमा समावेशी प्रगतिशील समूहका रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।
शनिबार मध्यराति सम्पन्न मतगणना अनुसार, उपाध्यक्षमा फूलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा मनु खनाल र सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनाथ शरण, राजनारायण यादव र रहमुल मन्सुरी निर्वाचित भएका छन् ।
त्यसैगरी, केन्द्रीय पार्षद्मा महेन्द्रप्रसाद देव, केशरलाल खङ्ग, वीरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन् । जिल्ला वार एकार्इको सहसचिव पदमा समावेशी प्रगतिशील समूहकै किरणकुमारी साह निर्विरोध निर्वाचित भएका छन् ।
कुल ९७ मतदाता रहेको जिल्ला वार एकार्इको निर्वाचनमा ९४ जनाले मतदान गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया