मेयर शाहले भेटे बागमतीका मुख्यमन्त्री
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटघाटको कार्यक्रमलाई तीव्र बनाएका छन् ।
महानगरका समस्या समाधान गर्ने यत्नका साथ शीर्ष नेताहरूसँग भेटवार्ता गरिहेका मेयर शाहले आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका छन् ।
मेयर शाह मुख्यमन्त्री पाण्डेलाई भेट्न उनकै निवास स्वयम्भू पुगेका थिए ।
भेटमा मेयर शाहले फोहोर व्यवस्थापनको लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।
जवाफमा मुख्यमन्त्री पाण्डेले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया