NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

जुन उद्योग बन्द, त्यसकै कपडा अनिवार्य

काठमाडौं । आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३४१ मा लेखिएको छ– सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोसाक प्रयोग गर्ने व्यवस्था मिलाइनेछ ।’

तर हेटौंडा औद्योगिक क्षेत्रस्थित यो उद्योग २१ वर्षदेखि बन्द छ । सरकारले पुनः सञ्चालन गर्ने भनेकै १२ वर्ष भयो । बजेट वक्तव्य र नीति तथा कार्यक्रममा समेटिँदै आएको छ । तर ती घोषणा कुनै पनि कार्यान्वयनमा आएनन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पनि उद्योग सञ्चालनमा ल्याइने उल्लेख छ । बजेटले उपयुक्त ढाँचा मात्रै भनेको छ । यसबाहेक अरू बोलेको छैन ।

उद्योगका पूर्ववरिष्ठ मेकानिक प्रकाश पौडेलका अनुसार मेसिन जीर्ण र पुरानो भइसकेका छन् । ‘माओवादी केन्द्रले महाधिवेशन गर्ने समयसम्म मेसिनहरू ठीकै थिए । तर अहिले धेरै बिग्रिसकेका रहेछन्,’ पौडेल भन्छन्, कपडा उद्योग चल्ने हल्ला सुनेपछि म आज मात्र गएर हेरेँ । नचल्ने होइन तर धेरै कुरा परिवर्तन गर्नुपर्छ ।’

साह्रै पुरानो डिजाइनको मेसिन भएकाले यसबाट काम सम्भव नरहेको बताउँछन्, पूर्वइन्जिनियर आनन्दराम पौडेल ।

मेसिन कसरी सञ्चालन गर्ने भन्ने कुनै रूपरेखा छैन । तर सरकारले भने घोषणा गरिसक्यो– कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष