गरिमा विकास बैंकद्वारा ‘बृहत वृक्षारोपण’ सम्पन्न
काठमाडाैं । गरिमा विकास बैंकले विश्व वातावारण दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । आइतबार काठमाडौंस्थित कालिका पार्क, बुढानिलकण्ठमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतुले वृक्षारोपरण गरिएको हो बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवं यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । बैकका अनुसार उक्त पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा दिदै आइरहेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया