स्रोत नखुलेको ४ करोड रूपैयाँसहित पाँचजना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया