भारतीय पत्रकार सात महिनादेखि झापाको कारागारमा

काठमाडौं । भारतीय एक पत्रकार नक्कली अमेरिकी डलर बोकेको अभियोगमा सात महिनादेखि झापा कारागारमा छन् । जसमा पश्चिम बंगालस्थित कोलकाताका २४ वर्षीय फोटो पत्रकार दुर्लभ राय चौधरी छन् ।
कोलकाताबाट सिलिगुडी हुँदै काँकरभिट्टा नाका भएर नेपाल आएका चौधरीलाई चन्द्रगढी विमानस्थल प्रहरीले मंसिर २ गते पक्राउ गरेको थियो । चौधरीबाट एक सय डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद गरिएको झापा प्रहरी प्रमुख विश्वमणि पोखरेलले बताउ ।
प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा बुझाइसकेकाले यस विषयमा थप बोल्न उपयुक्त नहुने उनले बताए ।
विमानस्थल प्रहरीलाई उनले आफू सर्ट मुझी सुटिङका लागि आएको र आफ्नो साथमा डलरको फोटोकपी रहेको आफैंले सुनाएका थिए । तर प्रहरीले उनलाई उल्टै पक्राउ गरी खोटा मुद्दासम्बन्धी अभियोगमा मुद्दा चलाएको हो । स्रोतका अनुसार, उनको पक्षमा पर्याप्त लबिङ नहुँदा उनी कारागार चलान भएका हुन् । आजको अन्नपूर्ण पोसट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया