फुटको संघारमा जसपा
काठमाडौं । एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय लिएपछि सत्तागठबन्धनका अन्य दलहरूभित्र पनि मन्त्री हेरफेरको दबाब बढेको छ । जनता समाजवादी पार्टी (जसपा) त फुटकै नजिक पुगेको छ । यद्यपि, नेताहरू भने त्यसलाई अस्वीकार गर्छन् ।
जसपाका एक नेताका अनुसार, पार्टीबाट मन्त्रीहरू हेरफेर हुँदा मात्र पार्टी जोगिने सम्भावना छ । तर अध्यक्ष उपेन्द्र यादव तत्काल पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाइहाल्ने पक्षमा छैनन् । उनी सकभर आगामी निर्वाचनसम्म अहिलेकै मन्त्रीहरूलाई निरन्तरता दिने पक्षमा छन् ।
जसपाका नेता तथा सांसद् प्रमोद साह पनि पार्टी एक भएर चुनावसम्म जाने दाबी गरे । उनले भने, ‘हामी गठबन्धनमा रहेर चुनावसम्म जान्छौं । अरू धेरै कुरा सोच्नु परेन ।’
अध्यक्ष यादवले ६ महिनामा मन्त्री हेरफेर गर्ने बताए पनि अहिले वास्ता नगरेको असन्तुष्ट पक्षको भनाइ छ । आठ महिनाअघि जसपाले मन्त्रिपरिषद्मा पठाउन नाम टुंगो लगाउँदै गर्दा अध्यक्ष यादवले ६ महिनापछि नयाँले अवसर पाउने बताएको जसपाका केही सांसदहरूको भनाइ छ । अहिले उनी पेलेरै अघि बढ्ने खोजेपछि समस्या आएको ती नेताको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया