नर्भिक अस्पतालमा शनिबार न्यूरोलोजी टिमले निःशुल्क ओपिडी चलाउने

काठमाडौं । नर्भिक अस्पतालमा शनिबार न्यूरोलोजी टिमले पुन निःशुल्क ओपिडी चलाउने भएको छ । अस्पतालले आउने शनिबार दुई न्यूरोलोजी टिमको सहायतामा निःशुल्क ओपिडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
अस्पतालले विगत लामो समयदेखि नै न्यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । शनिबार पनि अस्पतालले विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र ९ बजेदेखि साढे १० बजेसम्म अर्को टिमबाट ओपिडी सञ्चालन गर्ने छ ।
अस्पतालका अनुसार ८ बजे देखि १० बजे सम्म यूरोसर्जरी विशेषज्ञ डाक्टर सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी निःशुल्क ओपिडी सेवा दिने छ भने ९ बजे देखि साढे १० बजेसम्म यूरोलोजी विशेषज्ञ डाक्टर रविन जोशी र डा इशान मल्लको टिमले सेवा दिने छन् । उक्त निःशुल्क ओपिडीमा सहभागी भइ शल्यक्रिया गनुपर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा विशेष छुट दिनेसमेत अस्पतालले जनाएको छ ।
उक्त निःशुल्क ओपिडी सेवा लिन इच्छुक व्यक्तिले अस्पतालको कल सेन्टर नम्बर ५९७००३२ तथा भाइबर र ह्वाट्सएपमार्फत नाम टिपाउन सक्नेछन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया