यस्तो छ भासिएको पृथ्वी राजमार्गको सडक (भिडियोसहित)
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित ड्याम नजिक सडक भासिएको छ ।
लगातारको वर्षाले गएराति सडक भासिएको हो । सडकको ठूलो क्षेत्र भासिएर खसेको र माथिल्लो भागमा चट्टानको पहरो रहेकाले एकतर्फी रूपमा सवारी सञ्चालन गर्ने सम्भावना देखिएको छैन ।
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तत्काल सञ्चालन हुने अवस्था नरहेपछि प्रहरीले जुन दिशाबाट आएको हो, त्यसैतर्फ सवारी साधन फर्काइदिएको छ ।
सडक सञ्चालन हुने सम्भावना नरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया