नक्कली नोटसहित चार जना पक्राउ
काठमाडौँ । महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।
राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका-१२ का पृथ्वीप्रसाद साह र वडा नं-९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिक-३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका-६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ परेका हुन् ।
उनीहरूलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका-१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका-५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया