फुटबलर खड्का नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको थियो ।
नेपाल पुलिस क्लबका पूर्वखेलाडी खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (सई)मा बढुवा हुन उनले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप अदालतले प्रमाणित गर्दै दोषी ठहर गरेको हो ।
अदालतले उनलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरीवाना तोकेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको थियो । दुई वर्षअघि नै उनले प्रहरीको असई पदबाट राजीनामा दिएका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया