सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने दुई युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ की २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार दुवै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया