पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले मात्रै १२२ मत पाए ।
सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मतका साथ विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याए । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भए ।
महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरे ।
सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको सङ्घले जनाएको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया