योजना आयोगका उपाध्यक्ष पौडेल र बेलायती राजदूतबीच विकास साझेदारीबारे छलफल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ ।
उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल–बेलायत सम्बन्धका साथै विकास साझेदारी र भावी दिनमा हुने पारस्परिक सहयोगका विविध पक्षमा विचार–विमर्श भएको थियो ।
दुई सय वर्षभन्दा पुरानो नेपाल र बेलायतको सम्बन्ध, उक्त देशबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोग, जारी विकास परियोजनालगायत आपसी हित र चासोका विषयमा छलफल भएको छलफलमा सहभागी आयोगका सचिव केवलप्रसाद भण्डारीले बताए ।
कोभिड–१९ विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन संयुक्त अधिराज्यले हालै २१ लाख मात्राभन्दा बढी एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको थियो ।
नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध सबैभन्दा पुरानो हो । सन् १८१६ मा नेपाल र ब्रिटिश–भारतको तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया