रेलमार्गका नाममा ५ हजार परिवारको जग्गा २ वर्षदेखि रोक्का

झापा । कनकाई नगरपालिका–९, घैलाडुब्बाका लक्ष्मीप्रसाद मैनालीले गत मंसिरमा १५ लाख रूपैयाँ ऋण लिएर छोरीको विवह गरिदिए । अहिले उनी आफन्त र छरछिमेकलाई उक्त ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । खेतीपातीमा निर्भर उनको आम्दानीको भरपर्दो स्रोत छैन । ठूलो आर्थिक कारोबार गर्नुपर्दा जमिन बेच्नुपर्छ वा बैंकमा धितो राखेर ऋण लिनुपर्छ । तर उनी यो दुवै विकल्प प्रयोग गर्न पाउँदैनन् । उनको दुई बिघाभन्दा बढी जग्गा पूर्वपश्चिम रेलमार्गका लागि दुई वर्षदेखि रोक्का छ ।
‘केही कारोबार गरूँ भने जग्गा नै रोक्का छ । सरकारले न मुआब्जा दिन्छ न जग्गा फुकुवा गरिदिन्छ,’ उनले भने ।
पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकडभिट्टा इनरुवा खण्डका लागि दुई वर्षदेखि जग्गा रोक्का गरिँदा झापा, मोरङ र सुनसरीका करिब पाँच हजार परिवार मैनालीजस्तै समस्यामा छन् । सरकारले जग्गा रोक्का गरेकाले किनबेच, अंशबन्डा, नामसारी, बैंकिङ कारोबार ठप्प छ ।
‘सरकारले यस्तो कठिन अवस्था बनाइदिएको छ कि पूरा व्यवहार चौपत बनेको छ,’ बिर्ताबोड नगरपालिका–३ का खगेन्द्र खरेलले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया