चीनमा विश्व प्राकृतिक सम्पदास्थलको सङ्ख्या सबैभन्दा बढी
काठमाडौं (एजेन्सी) । चीनमा विश्वकै सबैभन्दा धेरै विश्व प्राकृतिक सम्पदा क्षेत्र रहेको चीनको राष्ट्रिय वन तथा घाँसे मैदानमामिला हेर्ने कार्यालयले बताएको छ ।
शनिबार चीनको सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा अधिकारीहरूले चीनमा अहिले १४ वटा विश्व प्राकृतिक सम्पदा र सांस्कृतिक र प्राकृतिक दुवै विशेषताका लागि प्रख्यात चार सम्पदाहरू रहेका र दुवैले परिमाणको आधारमा विश्वलाई नेतृत्व गरिरहेका बताए ।
चीनले हरेक वर्ष जुन महिनाको दोस्रो शनिबार सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवस मनाउने गर्छ ।
प्रशासनले बताएअनुसार यी सम्पदा स्थलहरूले चीनको प्रतिनिधि भौगर्भिक अवशेष, भव्य पहाड, जङ्गल र तालका साथै दुर्लभ तथा खतरामा परेका वन्यजन्तु, चौपाया तथा वनस्पति प्रजातिहरूको प्रभावकारी संरक्षण गरेका छन् ।
यी क्षेत्रहरूले सांस्कृतिक अवशेष, अमूर्त सांस्कृतिक सम्पदा र ऐतिहासिक शहर, बजार तथा गाउँहरूको संरक्षणमा योगदान पुर्याएको छ ।
यसले स्थानीय मानिसहरूका लागि वार्षिक औसत पर्यटन आय १४ अर्ब चिनियाँ युआन (करिब २.१ अर्ब अमेरिकी डलर) भित्राउने गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया