अलिअलि तिमीसँग’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहेका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ । शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ ।
गीतको एरेञ्ज रिदम कँडेलले गरेका हुन् भने म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ । बुद्ध थापाले खिचेका उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र ‘सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया