लुगा लगाउन अल्छि लागेर शरीरभरी ट्याटू
बर्लिन । जर्मनीकी एक मोडेल केस्ट्रिन ट्रिस्टनले आफ्नो पुरै शरीरमा रंगीविरंगी ट्याटू बनाएकी छन् । उनले शरीरको सबै भागमा ट्याटू बनाएकी हुन् ।
कपडा लगाउन अल्छी लाग्ने भएका कारण आफूले शरीरभरि ट्याटू बनाएको उनले बताइन् । उनले ट्याटू बनाउन ३० हजार युराे डलर खर्च गरेकी छिन् ।
ट्रिस्टनले पाँच वर्ष पहिलादेखि शरीरमा ट्याटु बनाउन सुरु गरेकी हुन् । उनलाई भारी तथा अनकम्फटेबल कपडा लगाउन अल्छी लाग्न थालेपछि ट्याटू बनाउने सोच गरेकी थिइन् । अहिले उनले शरीरको सबै भागमा ट्याटू बनाइसकेकी छिन् । ट्याटूले गर्दा सजिलो भएको उनी बताउँछिन् ।
उनको ट्याटूमा फूल, पशुपन्छी तथा पुतलीको आकृति छ । शरीरमा थप ट्याटू बनाउन चाहे पनि कुनै भाग बाँकी नरहेको उनी बताउँछिन् । ट्याटूकै कारण केस्ट्रिन बढी चर्चामा छिन् ।
सामाजिक सञ्जालमा राम्रै फलोवर रहेको उनले ट्याटूका तस्बिरले करोडौंको कमाइ गछिन् । ५० वर्षको उमेरमा पनि उनी आफ्नो लुक्स राम्रो हुनुमा ट्याटूको ठुलो साथ रहेको ठान्छिन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया