सोमबारको संसद बैठक स्थगित गर्न सभामुखलाई एमालेको दबाब
काठमाडौं । किसानले समयमै रासायनीक मल नपाएको भन्दै संसदमा जरूरी सार्वजनिक महत्वको विषय दर्ता गराएको एमालेले सोमबारको संसदको कारवाही रोक्न सभामुखलाई दबाब दिएको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद सचिवालयमा एमालेका १५ जना सांसदले स्थगन प्रस्तावको सूचना दर्ता गराएका छन् ।
प्रतिपक्षी सांसदले दर्ता गराएको प्रस्तावमाथि छलफल लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही २ घण्टाको लागि स्थगित गरेका थिए ।
एमालेले दर्ता गराएको प्रस्तावमा सांसदहरूले तीन-तीन मिनेटको समय लिएर आफ्नो धारणा राखेका थिए । छलफल सकिएपछि सभामुखले आधा घण्टा बैठक स्थगित गरे ।
सोमबार नै मन्त्रीहरूले सांसदले उठाएका प्रश्नको जवाफ दिने र मंगलबार बजेट पारित गर्ने कार्यतालिका भएकाले सभामुखले पुनः बैठक सञ्चालन गरे ।
अहिले त्यही विषयमा छलफल गर्न कांग्रेस, एमाले माओवादी लगायत दलका प्रमुख सचेतकहरूको बैठक नयाँ बानेश्वरमा जारी रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया