महिला जनचेतना कार्यक्रममा अनियमितता गरेपछि एनजीओकर्मीविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित सेफ नेपाल नामक गैर सरकारी संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध मुद्दा दायर गरेका छ ।
यादवले संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीमा अनुसन्धान हुँदा यादवले नक्कली बिल भरपाई गरी १ लाख ७२ हजर २ सय ४० रुपैयाँ हिनामिना गरेको पुष्टि हुन आएको छ ।
रौतहटको गढीमाई नगरपालिकासँग सेफ नेपालले लक्षित वर्ग अन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतनाको कार्यक्रम सञ्चालन गर्न नगरपालिकाबाछ अनुदान लिएको थियो ।
सो क्रममा यादवले उक्त रकम बदनियतपूर्वक हिनामिना गरेको पुष्टि भएपछि आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कैद सजाय र बिगोमाग दाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया