नेप्से परिसूचकको पहिरो थामिएन, कारोबार रकम ९९ करोडमा खुम्चियो
काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अंकले नेप्से परिसूचक ओरालो लागेर दुई हजार ३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ अंकले कमी आई ३८९.९८ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम अर्ब पनि पुग्न सकेन । कूल २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यसमा बैंकिङ ११.०७, व्यापार १५.७८, होटल तथा पर्यटन ३६.०१, विकास बैंक १६.७३, जलविद्युत् ५.२२, वित्त १७.२८, निर्जीवन बीमा १०२.१९, उत्पादन ५१.५, अन्य १.५५, लघुवित्त २८.०२, जीवन बीमा १३८.१२, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९२ अंकले ओरालो लागेको छ ।
नेप्सेका आधारमा सानिमा बैंक शीर्ष स्थानमा छ । सो बैंकको नौ करोड एक लाख ६१ हजार ५७४ बराबरको कारोबार भयो । उपकार लघुवित्त पाँच करोड ६३ लाख ६४ हजार, सिभिल बैंक रु पाँच करोड ३७ लाख, बैंक अफ काठमाडौँ रु चार करोड ६९ लाख १४ हजार ७१३ र सेञ्चुरी बैंक रु दुई करोड ८३ लाख ९६ हजार ९३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९९, ग्रीन भेञ्चर्स लिमिटेड ९.९८, युनिलिभर नेपाल ४.१०, आँधीखोला लघुवित्त ४.०२ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, मानुषी लघुवित्त ५.४०, एनएमबी ९५०० ५.२८, ओरियन्टल होटल ५.२०, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.०६ र उपकार लघुवित्तका लगानीकर्ताले ४.५१ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया