राप्रपा नेपालको अध्यक्षमा कमल थापाको नाम अद्यावधिक
काठमाडौं । निर्वाचन आयोगले राप्रपा नेपालको अध्यक्षमा कमल थापाको नाम अद्यावधिक गरेको छ । सो पार्टीले अध्यक्षका रूपमा थापाको नाम समेट्न दिएको निवेदनउपर कारबाही गर्दै आयोगले थापाको नाम अद्यावधिक गरेको हो ।
राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामापछि कमल थापालाई सो जिम्मेवारी दिएको पत्र प्राप्त भएकाले सोहीअनुरू अद्यावधिक गरेको जनाएको छ ।
पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली, २०७४ को नियम २५ बमोजिम हेरफेर भएको केन्द्रीय समिति अद्यावधिक गरिएको बेहोरा उल्लेख रहेको सो पार्टीका नेता सुशील श्रेष्ठले जानकारी दिए ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया