कालीकोटमा थपिए १८ हजार मतदाता
कालीकोट । जिल्लामा १८ हजार ११५ मतदाता थपिएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता संख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कालीकोटको मतदाता संंख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए। जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नरहरिनाथ गाउँपालिकाको मतदाता संख्या १२ हजार ८१७ र महावै गाउँपालिकाको पाँच हजार ५४८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुुर मल्लले जानकारी दिए। कार्यालय प्रमुख मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा ११ हजार ५७७, रास्कोट नगरपालिकामा १० हजार ५३६ र तिलागुफा नगरपालिकामा १० हजार २६ मतदाता रहेका छन् ।
त्यस्तै पलाँता गाउँपालिकामा आठ हजार १७७, पचालझरना गाउँपालिकामा सात हजार ५०४, शुभकालिका गाउँपालिका नौ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १९३ मतदाताको सङ्ख्या रहेको निर्वाचन कार्यालय प्रमुख मल्लले जानकारी दिए । त्रियासी हजार ७६ मतदाता सङ्ख्यामध्ये ४३ हजार १३८ पुरुष र ३९ हजार ९३८ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाताको सङ्ख्या अद्यावधिक गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाइएको दोहोरिएका मतदाताको नामावली सच्याएर फागुन १३ गरेर संशोधनसहित कार्यालयमा आइपुग्ने र त्यसपछि मतदाताको नामावली स्थानीय तहमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया