दोर्दी खोला जलविद्युत हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । दोर्दी खोला जलविद्युत हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालयसमभित्र आवेदन दिन सक्नेछन् ।
हाइड्रोपावरले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गरेको हो । कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेका हुन् ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन गरेको छ । योमध्ये ५५ अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ३५ अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । उक्त आइपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
प्रतिक्रिया