मध्यराति चुकुल थुनेर राजश्व हेरफेर गरेको समचार भ्रामक र झुटको कथामात्रै हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा मध्यराति चुकुल थुनेको विषय भ्रामक र झुटो कथा भएको जिकिर गरेका छन् ।
मंगलबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले मध्यराति अनाधिकृत व्यक्ति प्रवेश गरेको समचारमा कुनै सत्यता नभएको बताए ।
‘बजेट निर्माण गर्दा जेठ १४ गते राति मन्त्रीकै कार्यकक्षमा चुकुल थुनेर अनाधिकृत व्यक्ति प्रवेश गरेको विषय भ्रम र झुटको कथा मात्रै हो’, मन्त्री शर्माले जवाफ दिए ।
मन्त्री शर्माले बजेट निर्माण प्रक्रियाबाटै भएको दावी गर्दै कुनै शंखा नगर्न आग्रह गरे । मन्त्रीकै कार्यकक्षमा मध्यराति चुकुल थुनेर पूर्वनासुले राजश्व हेरफेर गरेको समचार प्रकाशित भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले मन्त्रीको राजीनामा माग गरेका थिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया