‘हाउ टु मडर योर हजवेन्ड’ की लेखकलाई पति हत्याको अभियोगमा जन्मकैद
अमेरिका । अमेरिकी लेखक नेन्सी क्रयाम्पटन ब्रोफीलाई श्रीमानको हत्याको आरोपमा पोर्टल्यान्डको मुन्नोमाह जिल्ला अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको छ । लेखकले ‘हाउ टु मडर योर हजवेन्ड’ नामको पुस्तक लेखिकी छन् ।
नेन्सीले श्रीमान डेनियलको हत्या जुन २०१८ मा गरेकी हुन् । प्रहरीले हत्या गरेको ३ महिनापछि ७१ वर्षीया नेन्सीलाई पक्राउ गरेको थियो । एक महिनाभरि भएको सुनुवाईपछि उनलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
अनुसन्धानको क्रममा उनले श्रीमानको हत्या गर्नका लागि बन्दुकको प्रयोग गरेको खुलेको छ साथै उक्त हत्या उनले श्रीमानको जीवन बिमाको हजारौं डलरको प्रलोभनमा गरेको खुलेको छ । उनको श्रीमान पेशाले शेफ थिए । उनको हत्या आफ्नै कुलिनरी इन्स्टिट्युटको भान्सामा भएको थियो ।
नेन्सीले विं.सं. २०११ मा उक्त पुस्तक लेखेकी थिइन् । सो पुस्तकले उनलाई बढी प्रसिद्ध बनाएको थियो । उनले द रङ लभर र द रङ हजवेन्ड लगायतका किताब पनि लेखेकी थिइन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया