सेयर बजारमा पहिरो जाने क्रम रोकिएन, कारोबार रकममा केही सुधार

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ३६.०७ अंकले नेप्से परिसूचक ओरालो लागेर १९९६.२६मा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४८ अंकले कमी आई ३८३.८१ मा ओर्लेको छ ।
मंगलबार कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १८ करोडि ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यसमा बैंकिङ ०.८९, व्यापार ३.१२, होटल तथा पर्यटन १.७६, विकास बैंक २.१८, जलविद्युत् २.७६, वित्त २.१६, निर्जीवन बीमा २.८९ उत्पादन १.३९, अन्य ३.४४ लघुवित्त १.७९, जीवन बीमा १.९४, सामूहिक लगानी कोष १.०२ र लगानी १.९१ अंकले ओरालो लागेको छ ।
कारोबारको आधारमा आज शिवभ् सिमेन्ट शीर्ष स्थानमा छ । सो बैंकको ४ करोड ६७ लाख १८ हजार १९३ बराबरको कारोबार भएको छ । नेपाल क्लियरिङ एण्ड कर्मसिएल बैंक तीन करोड ७९ लाख ७७ हजार, नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ३३ लाख ५९ हजार, नबिल बैंक ३ करोड २० लाख १३ हजार, उपकार लघुवित्तको २ करोड ८७ लाख ६० हवा बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
नेप्सेका अनुसार आँधी खोला लघुवित्त ८.१८, एनएमबि ५० ४.१, माउन्टेन हाइड्रो नेपाल ३.७२ र युनिलिभर नेपालका लगानीकर्ताले १.९९ प्रतिशतले कमाएका छन् । त्यस्तै, हिमालयन पाउवर पान्टर ९.९९, बलेफी हाइड्रोपावर ८.१५र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले ६.५१ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
प्रतिक्रिया