बर्जर पेन्ट्सद्वारा ‘बर्जर मिस ग्ल्यामर’ फेशन शो सम्पन्न

काठमाडाैं । बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजरसँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, ‘बर्जर मिस ग्ल्यामर’ छनौट गरेको छ । कम्पनीले होटल -याडिसनमा एक विशेष फेशन शो समारोहबीच सम्पन्न गरेको हो ।
कार्यक्रममा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले प्रख्यात डिजाइनरहरुद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइन रँगहरुको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए् । अत्यन्त उच्चकोटीको फेसन,अद्वितीय मनमोहक, रँगहरु, डिजाइनहरु, सिर्जनशीलता र कलाका विविधता अतिथिहरुबीच प्रस्तुत गरिएको थियो ।
बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो । रचना गुरुङद्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरूसहितको कार्यक्रममा प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो । पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो । दोस्रो चरणमा कासाबाट डिजाईन गरिएको फर्मल्ली फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जि इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रमको शोस्टपर रुपमा मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ सामेल थिइन् ।
बर्जरले विशेष किसिमका कार्यक्रमहरुको प्रस्तुतीमा केन्द्रित हुँदै पोशाकहरुमा बर्जर रंगहरु तथा ढाँचाहरुलाई कलात्मकता र स्पन्दशीलताको अलौकिक संयोजन एवं प्रदर्शनीसहित फेशनको नयाँ रसास्वादन प्रदान गरिरहेको छ । एक संस्थाको हैसियतले यसको अन्तिम उद्देश्य भनेको सबै ब्राण्डहरुमा आफ्नो गुणस्तरीय आधिपत्यता कायम राख्दै आफ्ना उपभोक्ताहरुलाई गुणस्तरीयता, विश्वसनीयता, उपलब्धता र सन्तुष्टिमार्फत् पूर्ण सन्तुष्टि प्रदान गर्नु र साथसाथै विश्वव्यापी रुपमा स्वीकारिएको काबिलियतहरुका साथ बर्जर पेन्ट्स नेपाल अग्रणी र प्रतिष्ठित पेन्ट कम्पनी रहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया