ब्रुमरले सफा गर्न थाले काठमाडौंका सडक
काठमाडौं । काठमाडाैं महानगरपालिका भित्रका सडक सफा गर्न ब्रुमर सञ्चालनमा ल्याइएकाे छ । मेयर बालेन्द्र शाहले बिग्रिएर बसेको ब्रुमरहरु मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् ।
उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले काठमाडौंं सफाइ गर्न थालेका छन् । बिहीबारदेखि ४ वटा ब्रुमर थपिएर ९ वटाले नियमित सफा गर्ने उनले सामाजिक सञ्जालमार्फत् बताएका छन् ।
उनले भने, ‘बर्षायाम भएकाले केहि असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’
आइतबार बसेको महानगरको कार्यपालिका बैठकमा वडाध्यक्षहरुले ब्रुमरचलाउन मेयरसमक्ष आग्रह गरेपछि मेयर शाहले बैठकबाटै छिटै ब्रुमर मर्मत गरेर काम सुरू गर्ने बताएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया