ब्रुमरले सफा गर्न थाले काठमाडौंका सडक

काठमाडौं । काठमाडाैं महानगरपालिका भित्रका सडक सफा गर्न ब्रुमर सञ्चालनमा ल्याइएकाे छ । मेयर बालेन्द्र शाहले बिग्रिएर बसेको ब्रुमरहरु मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् ।
उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले काठमाडौंं सफाइ गर्न थालेका छन् । बिहीबारदेखि ४ वटा ब्रुमर थपिएर ९ वटाले नियमित सफा गर्ने उनले सामाजिक सञ्जालमार्फत् बताएका छन् ।
उनले भने, ‘बर्षायाम भएकाले केहि असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’
आइतबार बसेको महानगरको कार्यपालिका बैठकमा वडाध्यक्षहरुले ब्रुमरचलाउन मेयरसमक्ष आग्रह गरेपछि मेयर शाहले बैठकबाटै छिटै ब्रुमर मर्मत गरेर काम सुरू गर्ने बताएका थिए ।
प्रतिक्रिया