प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानिकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गरे ।
उनले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गरे ।
अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको शेयरबजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
शेयरबजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उनले शेयरबजारको स्थायित्व कायम गर्न, शेयरबजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले केकस्ता काम गरिरहेका छन् भनी प्रश्न गरे ।
साथै उनले सना लगानीको संरक्षणका लागि भइरहेका कामहरुबारे सदनलाई जानकारी गराउन माग गरे । नेता थापाले भने ‘विस. २०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार १९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार ९९९ मा झरेको छ । यसले शेयरबजारको विश्वसनियतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्नेगरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशयी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।’
।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया