NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

गरिमा विकास बैंकद्वारा महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

काठमाडाैं । ‘वित्तिय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरण कार्यक्रमको सफल आयोजना गरेको हो ।

जेठ महिनाभरी चलेको यस वित्तीय जागरण कार्यक्रमअन्तर्गत बैंकको सबै १२० शाखाले दुईवटा वित्तिय जागरणका कार्यक्रम आयोजना गरेको थियो । जसअन्तर्गत यस कार्यक्र्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाईदा, वित्तिय सल्लाहसुझाव एवं डिजिटल बैकिङ्गका फाइदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो ।

हरेक कार्यक्रममा बैंक तथा वित्तिय संस्थासम्बन्धी जान्न चाहनेहरुको सहभागीता उल्लेखनिय रहेको थियो । भव्य एवं सभ्य तरिकाले सम्पन्न महिनाव्यापी वित्तिय जागरण कार्यक्रमले हरेक जनतामाझ वित्तिय जागरुपता फैलाउन मद्धत पुग्ने आशा राखिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।