बुढीगंगा नगरपालिकामा असार २३ मा निर्वाचन हुने

काठमाडौं । बाजुरास्थित बुढीगंगा नगरपालिकामा यही असार २३ मा स्थानीय तहको पुनः मतदान हुने भएको छ । बिहिबार मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यो निर्णय गरेको हो ।
उक्त नगरपालिकामा १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित भएको थियो । मतदानका दिन नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच मतदानस्थलमै झडप र कुटपिट भएको थियो ।
मतदाता खेट्ने र बुथ कब्जा गर्ने कार्य भएपछि मतदान स्थगित गर्नुपर्ने अवस्था आएको थियो ।
प्रतिक्रिया