इक्वेडरका तीन प्रदेशमा किन लगाइयो संकटकाल ?
काठमाडौं (एजेन्सी) । इक्वेडरका तीन प्रदेशमा शुक्रबार सङ्कटकाल घोषणा गरिएको छ ।
राष्ट्रपति गुयलेरमो लासोले एन्डीज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै सङ्कटकालको घोषणा गरेका हुन् ।
उनका अनुसार पिचिन्चा, इम्बाबुरा र कोटोपाक्सीलाई थप हिंसा हुन नदिनका लागि सङ्कटकाल घोषणा गरिएको हो ।
पछिल्लो पाँच दिनमा त्यस क्षेत्रमा धेरै हिंसात्मक घटनाहरू भएकाले सङ्कटकाल लगाउनु पर्ने वाध्यता आइपरेको उनको भनाइ छ ।
सङ्कटकाललाई प्रभावकारी बनाउन स्थानीय समय अनुसार हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश पनि जारी गरिएको छ ।
दक्षिण अमेरिकी यस मुुलुकमा लामो समयदेखि स्थानीय आदिवासी समूह र राज्य पक्षका बीचमा द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण ठूलो धनजनको क्षति भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया