नेपाली सेनाको हेलिकोप्टरद्वारा बिरामी महिलाको उद्दार

काठमाडौं । नेपाली सेनाको हेलिकोप्टरले सुत्केरीपछि बिरामी परेकी हुम्लाकी एक महिलाको उद्दार गरेको छ ।
बिहीबार हुम्ला जिल्ला खार्पुनाथ नगरपालिका वडा नं. २ थाली बस्ने सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरी उपचारको लागि सुर्खेत पुर्याइएको नेपाली सेनाले जनाएको छ ।
सुत्केरी महिलालाई शरिर सुन्निने र श्वासप्रस्वासमा समस्या देखिएको हुँदा थप उपचारको लागि पश्चिम एयर बेशको हेलिकोप्टरमार्फत सुर्खेत पुर्याईएको सेनाले जनाएको छ ।
प्रतिक्रिया