‘समाज सेवामा संघसस्थाको भूमिका महत्वपूर्ण हुन्छ’

काठमाडौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजसेवामा सामाजिक संघसस्थाकाे भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक संघसस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।
“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उनले भने । उनले समाजभित्र देखिने विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यका लागि संघसस्थाले राज्यलाई घच्घच्याउनुपर्ने बताए ।
पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताए । सामाजिक संघसस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उनको भनाइ थियो ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघसस्थाले नजिक बनाएको बताए । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
ताजा अपडेट
-
वर्ल्डलिंक सङ्ग्रहालयको उद्घाटन
-
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
-
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
-
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
प्रतिक्रिया