१८५ यात्रु बोकेर उडिरहेको विमानमा आगो लाग्यो
काठमाडौं । पटनाबाट दिल्ली जाँदै गरेको स्पाईसजेटको उडान एसजी-७२३ को इन्जिनमा आइतबार आगलागी भएको छ । आगलागीपछि विमानको सुरक्षित अवतरण गरिएको छ । आगलागीका कारण इन्जिनबाट धुवाँ निस्किएको थियो ।
चरा ठोकिएपछि इन्जिनमा आगलागी भएको डिजिसिएले जनाएको छ । विमान आइतबार राति ११.५५ बजे उडेको थियो ।
उड्ने क्रममा बायाँ पखेटामा ठूलो आवाजले आगो लाग्यो, यसको १० मिनेटपछि पाइलटले विमानलाई विमानस्थलमा सुरक्षित अवतरण गराए ।
सबै यात्रु विमानस्थलभित्रै छन् । यात्रुलाई दिउँसो ४ बजे अर्को उडानबाट दिल्ली पठाउने तयारी भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया