प्रविधि दुरूपयोग गरी ठगी गर्ने १३ जना प्रहरीको फन्दामा
काठमाडौं । सूचना र प्रविधिको दुरूपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाई ठगी गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा उनीहरुले विदेशी नागरिकको बैंक विवरणसमेत लिन सफल भएको पाइएको छ । विद्युतीय अपराधमा भारतीय नागरिकसहित १३ जना संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
यही असार ३ गते पक्राउ परेका उनीहरुलाई आज अदालतमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ ।
भारतीय नागरिकसहितको मिलेमतोमा काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराहीमा अर्विट नेक्सेस प्रालि नामक संस्था खोलेर उनीहरुले अवैध गतिविधि गरेको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरु निसान खैरे र मनिष तिवारी तथा पाँच महिलासहित १३ जना रहेका प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया