प्रविधि दुरूपयोग गरी ठगी गर्ने १३ जना प्रहरीको फन्दामा
काठमाडौं । सूचना र प्रविधिको दुरूपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाई ठगी गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा उनीहरुले विदेशी नागरिकको बैंक विवरणसमेत लिन सफल भएको पाइएको छ । विद्युतीय अपराधमा भारतीय नागरिकसहित १३ जना संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
यही असार ३ गते पक्राउ परेका उनीहरुलाई आज अदालतमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ ।
भारतीय नागरिकसहितको मिलेमतोमा काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराहीमा अर्विट नेक्सेस प्रालि नामक संस्था खोलेर उनीहरुले अवैध गतिविधि गरेको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरु निसान खैरे र मनिष तिवारी तथा पाँच महिलासहित १३ जना रहेका प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया