सभापति देउवासँग दुई महामन्त्रीको भेटः भ्रातृ संस्थाको निर्वाचनबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) मा आबद्धताबारे छलफल भएको थियो ।
भेटमा महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय सहमति निर्माण गरी एसपिपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
“एसपिपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पु¥याएर सहभागी नहुन आग्रह ग¥यौँ, विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई बोलाएर साझा धारणा तय गरौँ भन्ने कुरा प्रधानमन्त्रीज्यू समक्ष राख्यौँ”, महामन्त्री शर्माले भने ।
महामन्त्रीद्वयले लामो समयदेखि पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका थिए । “छ महिनाभित्र सम्पन्न गर्ने भनिएको भ्रातृ संस्थाको अधिवेशनको बारेमा पनि हामीले सभापतिज्यूको ध्यानाकर्षण गरायौँ”, महामन्त्री शर्माले भने । यसबाहेक नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठनलगायतको विषयमा छलफल भएको महामन्त्री शर्माले बताए।
उनीहरुले भेटका क्रममा रेलमार्गमा परेको जग्गा रोक्का राखे पनि जग्गाधनीले मुआब्जा नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया