रञ्जु दर्शनाले गरिन् ‘इन्गेजमेन्ट’
काठमाडौं । युवा नेतृ रञ्जु दर्शनाले फूलामाला (इन्गेजमेन्ट) गरेकी छिन् । उनले आज इन्गेजमेन्ट गरेकी हुन् । आफूले इन्गेजमेन्ट गरेको नेतृ दर्शना आफैँले सामाजिक सञ्जालमार्फत गरेकी छिन् ।
‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो, कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरू, निकट साथीहरू र सारा ब्राह्मणड साक्षी राखी फूलामाला–टीका कार्यक्रम सम्पन्न गरेका छौं’, उनले फेसबुकमा लेखेकी छिन् ।

तर, रञ्जुले हुनेवाला श्रीमान्को पूरा नाम भने खुलाएकी छैनन् । उनले ‘किसु’ सम्बोधन भने गरेकी छिन् ।
‘तपाईँहरूको आशीर्वाद र शुभकामनाका लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवनसाथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु’, उनले भनेकी छिन्, ‘तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु !’
रञ्ज विवेकशील साझा पार्टीकी नेतृ हुन् । यद्यपि, पछिल्लो समयमा अध्यक्ष रवीन्द्र मिश्रले उनलाई कारबाही गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया