सर्जरीले अभिनेत्रीको अनुहार नै बिग्रियो
काठमाडौं । अभिनेत्री स्वाती सतीसले सर्जरी फेल भएको छ । कन्नड अभिनेत्री सतीसले रुट क्यानल (दाँत) को सर्जरी गराएकी थिइन् ।
उनको गलत उपचारका कारण सर्जरी पछि मुख बिग्रिएको हो । सर्जरी पछि उनको पुरै मुख सुन्निएको थियो ।
डाक्टरले उनको मुख दुईदेखि तीन दिनमा ठिक हुने आश्वासन दिए पनि तीन हप्तामा पनि उनको मुखमा सुधार भएको छैन ।
स्वातीले डाक्टरले उनको उपचार तथा औषधि बारे गलत र पुरै जानकारी नदिएको भन्दै उनको उक्त हालतप्रति डाक्टर जिम्मेवार रहेको बताएकी छन् ।
उनले उपचारको समय एनेस्थेसियाको सट्टा सैलिसिलिक एसिड दिएको दाबी गरेकी छन् । घटना बारे उनलाई अर्को अस्पतालमा गए पछि जानकारी भएको उनले बताएकी छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया