‘ए मेरो राजा’को भिडियो १९ गते सार्वजनिक हुने
काठमाडौं । दीपेन्द्र तिमल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेको नयाँ गीत ‘ए मेरो राजा’को भिडियो यही असार १९ गते सार्वजनिक हुने भएको छ ।
एचबिएन किस्मत र सपना घिमिरेको स्वरमा रहेको उक्त गीतको भिडियोको छायांकन सकिएको निर्देशक तिमल्सिनाले बताए ।
उक्त गीत सुनिल बिसीले लेखेका हुन् भने संगीत गायक किस्मतले नै भरेका छन् ।

गीतको भिडियोमा राजु मास्टर र गायिका सपनाको अभिनय देख्न सकिन्छ ।
भिडियोको एसिस्टेन्ट कोरियोग्राफर राजाराम सिम्खडा र एसिस्टेन्ट निर्देशक लक्ष्मी तिमल्सिना रहेका छन् ।
माता मण्डली फिल्मले तयार गरेको उक्त गीतको भिडियो मास्टर टिभी २०२२ नामक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।

ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया