रविले पार्टी खोलेपछि के भने रवीन्द्र मिश्रले ?
काठमाडौं । पत्रकारिता छोडेर स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेलाई रवीन्द्र मिश्रले शुभकामना दिएका छन् ।
लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि मिश्रले पाटी निर्माणको क्रममा आफूहरुले गरेको कमजोरीबाट सिक्नसमेत आग्रह गरेका छन् ।
संचारकर्मी मिश्र साझा पार्टी हुँदै विवेकशील साझा पार्टीसम्म अघि बढे पनि पछिल्लो समय फुट र चुनावमा शर्मनाक हारको नियतिबाट गुज्रिएको छ ।
के भनेका छन् मिश्रले ?
प्रिय रवी,
तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु !
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया