रविले पार्टी खोलेपछि के भने रवीन्द्र मिश्रले ?

काठमाडौं । पत्रकारिता छोडेर स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेलाई रवीन्द्र मिश्रले शुभकामना दिएका छन् ।
लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि मिश्रले पाटी निर्माणको क्रममा आफूहरुले गरेको कमजोरीबाट सिक्नसमेत आग्रह गरेका छन् ।
संचारकर्मी मिश्र साझा पार्टी हुँदै विवेकशील साझा पार्टीसम्म अघि बढे पनि पछिल्लो समय फुट र चुनावमा शर्मनाक हारको नियतिबाट गुज्रिएको छ ।
के भनेका छन् मिश्रले ?
प्रिय रवी,
तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु !
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया