रविलाई शंकर पोखरेलको झटारो : कुनै पेशा वा व्यवसायमा चर्चित हुँदैमा राजनीतिमा योग्य हुँदैन
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांकेतिक रूपमा रवि लामिछानेबारे टिप्पणी गरेका छन् । रविले मंगलबार नयाँ पार्टी खोलेपछि उनको सम्बन्धमा पोखरेलले मुख खोलेका हुन् ।
बुधबार सामाजिक सञ्जालमार्फत पोखरेले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने टिप्पणी गरेका छन् ।
निश्चित पेशा वा व्यवसायमा सफल वा चिर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’, उनले लेखेका छन्, ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’
रविले घोषणा सभामा आफूले राजनीतिक दलका नेतालाई सच्चिन पटक–पटक सुझाव दिँदासमेत नसच्चिएकाले पत्रकारिता छोडेर राजनीतिमा आएको घोषणा गरेका थिए ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया