प्रिमियर इन्सुरेन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम
काठमाडाैं । प्रिमियर इन्सुरेन्स्योरेन्सको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया